“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, April 26, 2011

एमाले नेता तथा अपराधिक गिरोहका नाइके चरी दिनेश अधिकारी फेरि पक्राउ

कुख्यात डन चरी पक्राउ र ऊर्जा मन्त्रीलाई खुकुरी हानेको  प्रहरी अनुमान
बैशाख १४ गते धादिङबेसी / व्यवसायीलाई धम्की दिएर गुन्डागर्दी गर्दै हिँडेका दिनेश अधिकारी चरीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङमा १७ करोड रुपैयाँ बराबरको टेन्डर मिलाएर फर्किने क्रममा प्रहरीले थानकोटबाट तरबार, खुकुरी, २ गाडीसहित उनीहरूलाई फेरी गरेको हो ।
एमाले नेता एवं ऊर्जा मन्त्री गोकर्ण बिष्टमाथि खुकुरी हानेको घटनामा समेत उनी संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले उक्त घटनामा खोजी गरिरहेका जोहन गुरुङ पनि समातिएका छन् । चरीको संलग्नताबारे अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले बताए ।

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको छ । उनीहरू हातहतियारसहित त्यहाँ पुगेर १७ करोडको टेन्डरमा ३ प्रतिशत सेयर आफ्नो बनाएर फर्किंदै थिए । धादिङको खहरे घर भएका चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन् । चरी आपराधिक पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । गोलीकाण्ड, फिरौती र लुटपाटलगायतमा संलग्न उनले काठमाडौं परिसरमा एसपी रमेश खरेल हुँदा आत्मसमर्पण गरेका थिए । उनी विभिन्न अभियोगमा ७ महिना जेल बसेर छुटेका थिए । उनले हिजो मात्रै धादिङका स्थानिय एक पत्रकारलाई जिल्ला प्रहरी कार्यालयमै अभद्र व्यबहार गरे तर प्रहरी भने मुक दर्शक बनेका थिए ।
को हुन् चरी
डन का नामले चर्चित अपराधिक समुहहरुको नाम सुन्ने बित्तिकै सबैको सात्तो जान्छ तर गाह्रो छैन राजधानीमा यसरी डन बन्न ।
दुई चार जनाको समुह बनायो, दुइ चार जनालाई गोली ठोक्यो । त्यस पछि त के चाहियो- धम्की कै भर काम बन्ने । झन प्रहरीको मोष्ट वान्टेडमा परे पछि त अपराधकि दुनियाको बदशाह । त्यसपछि त झन के चाहियो- डन जे चाह्यो त्यही हुने ।
यस्तै मध्ये एक हुन चरी  उपनामले चर्चित दिनेश अधिकारी । यिनले दुइ जनालाई गोली ठोके, एक दुइलाई तरवार पनि हाने । अनि रातारात चर्चित बने । अव त बन्दक पनि चहिएन । फोन कै भर काम चल्ने भयो । यसरी उनले दर्जनौ अपराध गरेका छन् ।
अपराधिक गरोहका चर्चित नाइके चरी  अर्थात दिनेश अधिकारी । उमेर यीनको मात्रै २६ बर्ष । घर धादिङ, बसोबास त्रिपुरेश्वर-६ धेरै भएको छैन यिनले यी क्षेत्रमा आफ्नो अड्डा खडा गरेका । उमेरले पनि त यिनी काचा नै छन् । तर अपराध कार्यमा भने पाकालाई पनि उछिनेका छन् । जम्मा दुइ जनालाई गोली ठाकेका छन् । धेरैलाई तरवार पनि हाने ।
यिनले पहिलो गोली ठोकेका व्यक्ति हुन् गोल ढुङ्गाका २३ बर्षिय अर्जुन पतुर श्रेष्ठ । २०६४ बैशाख ४ गते गोली ठॊके यिनले श्रेष्ठमाथि । स्थान थियो राजधानीको नयाबाजरस्थित मेडिकल चोक । गोली त ठोके तर निसाना चुक्यॊ । त्यपछि धारिलो हतियार प्रहार भयो । चोटका कारण अर्जुन त्यही ढले । त्यस बेला चरी ४ जनाको समुहमा थिए । २०६५ फागुन ६ गते अर्का व्यक्तिलाई गोली ठोके । उनी थिए नया बजार खुसीबुका निरन्जन सिलवाल । त्यस बेला चरी  १४ जनाको समृहमा थिए । यहीबाट उनी चर्चित बने । त्यस पछि यीनको नाम सुन्ने बितिकै दुनिया थर्कमान हुन थाले । प्रहरीले उनलाई खोजी त गर्यो तर सधै चक्मा दिन सफल भए । पछि मोष्टवान्टेज सुचिमा यिनको नाम पर्यो । अव झन के चाहियो , यीनी त खुङ्खार भएर निक्लिए ।
राजनितिक हैसियतः
काडमाडौ उपत्यका मा युथफोर्सको नेतृत्व गर्दै आपराधिक गिरोहमाका मुछिएका चरी अहिले धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत नेकपा एमाले उपाध्यक्ष पदमा काम गरि रहेका छन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika