“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, April 8, 2011

धादिङका नागरीक अगुवाहरुले सभाषदलाई चिठी पठाए


चैत्त २५ गते
धादिङबेसी / समयमै संबिधान निर्माणकोलागि दवाव दिने उद्देश्यले धादिङका नागरीक अगुवाहरुले आज संबिधानसभाका सभाध्यक्ष तथा सभासदहरु, प्रधानमन्त्रि र संबैधानिक समिति समक्ष पत्र पठाएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत पठाइएको ज्ञापन पत्रमा समयमै संबिधान निर्माण गरि शान्ति प्रक्रियालाई पूर्णता दिन आग्रह गरिएको छ ।
नागरिक दवाव समूह धादिङको आयोजनामा आज धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि छलफल पश्चात ज्ञापन पत्र पठाइएको हो । समयमै संबिधान निर्माणमा परेका अफ्ठ्याराहरु, संबिधान निर्माण प्रक्रिया र उपलब्धीहरुको बारेमा जानकारी गराउन पत्रमा आग्रह गरिएको छ । संबिधान निर्माणको लागि नागरीकहरुको तर्फबाट आफूहरुले पनि उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता पनि पत्रमा व्यक्त गरिएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika