“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Sunday, May 1, 2011

मिस्टर एण्ड मिस धादिङको उपाधी धमला र घलेलाई

बैशाख १८ धादिङबेसी/  पर्यटन वर्ष २०११ लाई लक्षित गरेर आयोजना गरिएको प्रथम मिस्टर एण्ड मिस धादिङको उपाधी रवि धमला र लक्ष्मी घलेले जितेका छन् । हिजो बेलुका अवेर सम्पन्न प्रतियोगितामा फाइनल चरणका अन्य ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै धमला र  घलेले उपाधी हात पारेका हुन् । पर्यटन वर्ष २०११ लाई सफल बनाउने उद्देश्यले मिसन क्लव धादिङले आयोजना गरेको प्रतिश्पर्धामा कुल ७० जनाले सहभागिता जनाएका थिए । प्रतिश्पर्धामा मदन विश्वकर्मा र शान्ति गुरुङले फस्र्ट रनरअप साथै दिपेश कार्की र हिमानी अधिकारीले सेकेण्ड रनरअफको उपाधी हात पारेका छन् । मिस्टर एण्ड मिस धादिङ प्रतियोगिताका कार्यक्रम संयोजक हरि मल्लको अध्यक्षता रहेको हिजोको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली फिल्मका निर्देशक लक्ष्मण रिजाल, नारी जागरण केन्द्र धादिङका भगवती उप्रेती, मोडल सलमान वाइबा, मिस तामाङ फस्र्ट रनरअप मनिला तामाङ, रोशन फ्युवा सङ्गुल लगायतको आतिथ्य रहेको थियो

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika