१९ बैशाख, काठमाडौं । अमेरिकी सैन्य अपरेसनमा मारिएको भनिएका अल कायदाको नेता ओसामा विन लादेनको तस्विर नक्कली भएको खुलासा भएको छ । पाकिस्तानी टेलिभिजनद्वारा प्रसारित बेलायती समाचार वेबसाइटले सार्वजनिक गरेको लादेनको मृत तस्बिर नक्कली भएको गार्जियन डटको डटयुकेले जनाएको छ ।
मृत भनिएको लादेनको उक्त तस्बिर विगत दुई वर्षदेखि इन्टरनेटमा रहेको खुलासा भएको छ । क्षतविक्षत अनुहारमा आधा खुलेको आँखा र घुम्रिएको कपालसहितको उक्त तस्बिर यसअघि नै दि मेल, टाइम्स, टेलिग्राफ, सन, मिररलगायतका वेबसाइटले अनलाइन सार्वजनिक गरेको खुल्न आएको छ ।
आश्चर्यको कुरा के छ भने लादेनको नक्कली तस्बिर सार्वजनिक भएलगत्तै माथि उल्लेखित वेबसाइटले लादेनको पहिलेको मृत तस्बिर हटाएका छन् ।
लादेनको भनिएको तस्बिर सक्कली वा नक्कली भन्नेबारे निक्योल नहुदै सर्वप्रथम मध्यपूर्वबाट संचालित अनलाइन न्यूजपेपर थिमडायलाइनडटओआरजीले सार्वजनिक गरेको बुझिएको छ । ‘दि डेलिमेल’ ले पनि लादेनको नक्कली तस्बिर सार्वजनिक गरेको थियो ।
त्यसवेलादेखि नै अमेरिकाको दुई गगनचुम्बी ब्यापार केन्द्रमा सेप्टेम्बर ११ मा भएको आतङ्कारी हमलाका मूख्य योजनाकार मानिएका लादेनको मृत्य भएको पूष्टि गर्न उक्त तस्बिर प्रयोग हुदै आएको समाचार गार्जियन अनलाइन संस्करणले प्रकासित गरेको छ । दि गार्जियनले भने लादेनको उक्त तस्बिर पहिले देखिनै ब्लगमा रहेको भन्दै यसको बैधानिकतामाथि प्रश्न गर्दै मूख्य पृष्ठमा छापेको थिएन ।
अहिले बाहिर आएको तस्बिर रेउटर्स न्यूज एजेन्सी सन १९९८ मा प्रयोग गरेको वास्तविक तस्विरमा आधारित रहेको मानिएको छ । लादेनको नक्कली मृत तस्बिर बनाउन प्रयोग गरिएको अर्को तस्बिर ‘हानामार्विना’ ले यसअघिनै बाहिर ल्याइएको थियो । लादेन मृत्युले विश्वमै सनसनी छाएको बेलामा अहिले सजिलै इन्टरनेटमा उनको नक्कली तस्बिर भेट्न सकिन्छ । यो समचार अनलाइन खवरबाट साभार गरएिको हो ।
No comments:
Post a Comment