“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Sunday, May 8, 2011

आवेसमा राजीनामा, अहिले पछुतो, महासंघले आज टुङ्गो लगाउने


राजीनामा पत्र पढेर सुनाउँदै प्रेस चौतारीका नमराज छत्कुली
धादिङबेसी बैशाख २६ गते/  पत्रकारहरको छाता संगठन पत्रकार महासंघको केन्द्रिय महाधिबेशन सकिन नपाउँदै धादिङको पत्रकार महासंघले चर्चा पाउन थालेको छ । राजीनामा दिनेहरु धमाधम राजीनामा स्वीकृत नगरी दिन होला भनेर लिखित पत्र महासंघमा पठाउन थालेका छन् । फागुन ४ गते सम्पन्न छैटौँ अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित प्रेस चौतारीका वागमती आचल इञ्चार्ज समेत रहेका नवराज छत्कुलीले घोषणासभा मै आफू लगायत प्रेस चौतारी निकट निर्विरोध निर्वाचित सदस्यहरुको संयुक्त राजीनामा घोषण गरेका थिए । तर अहिले आफुहरुको राजीनामा स्वीकृत नगरी दिनु होला भन्ने पत्र महासंघमा पठाएका छन् । यस बिषयमा महासंघले आज टुङ्गो लगाउने भएको छ ।
नेपाल पत्रकार महासंघ धादिङको छैटौँ अधिवेशनबाट सितारामप्रसाद बर्मा अध्यक्ष, उपाध्यक्षमा नवराज छत्कुल्ली, सचिवमा सुदर्शन खतिवडा, सह सचिवमा मुना सिंखडा र कोषाध्यक्षमा नारायण सिलवाल निर्वाचित हुनुभएको थियो । यसैगरी सदस्यहरुमा मुरारी अधिकारी पोषनाथ अधिकारी अर्जुन खतिवडा रामकुमार नेपाली शंकर श्रेष्ठ सुनिता सिंखडा र रामेश्वर कार्की निविरोध निर्वाचित हुनुएको थियो  ।
निर्वाचन समितिबाट अविर र प्रमाणपत्र ग्रहण लगत्तै उपाध्यक्षमा निर्वाचित नवराज छत्कुली लगायत प्रेस चौतारी निकट ४ जनाले नेपाल पत्रकार संघको जिल्ला समितिबाट लिखित राजिनामा दिएका थिए।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika