धादिङबेसी बैशाख २६ /
पत्रकार महासंघ धादिङको गत फागुन ४ गते सम्पन्न जिल्ला अधिबेसनबाट निर्वाचित उपाध्यक्ष सहित ४ सदस्यदले दिएको राजीनामा सोमबार साँझ महासंघको बैठकले स्वीकृत गरेको छ ।
राजीनामा दिनेहरु प्रेस चौतारीका अंचल इन्चार्ज नवराज छत्कुली, चौतारी कै रामेश्वर कार्की, सुनिता सिंखडा र शंकर श्रेष्ठले आफुहरुले तात्कालीन अवस्थमा राजीनामा दिए पनि राजीनामा स्वीकृत नगरी दिनु महासंघलाई लिखित पत्र समेत पठाएका थिए । अन्ततः पत्रकार महासंघ धादिङले विधान बमोजिम प्रेस चोतारीलाई पत्रकार महासंघमा आवद्ध गर्ने गरी उनीहरुको राजीनामा स्वीकृत गरेको हो । यस विषयमा महासंघको आधिकारीक धारण आउन बाँकी रहेको छ । स्वीकृतीको निर्णय बाहिर ल्याएको भन्दै महासंघ कै केहि पदाधिकारीहरुले आपत्ती समेत जनाएका छन् ।

No comments:
Post a Comment