“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, May 10, 2011

तामाङ घेदुङको अध्यक्षमा योञ्जन चयन

काठमाडौ बैशाख २७ गते / नेपाल तामाङ घेदुङको हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेसनले कुमार योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।  हेटौडामा शनिबारदेखि सुरु भएर हिजो राति सम्पन्न घेदुङको महाधिवेसनबाट उपाध्यक्ष महिला तर्फ बेलिमाया तामाङ, पुरुष तर्फ सुजेन्द्र गोले र महासचिवमा कुमार ब्लोन चुनिनु भएको छ ।
त्यस्तै सचिवमा काजिमान थिङ र प्रतिक तामाङ बिजय हुनु भएको छ । २ जनाको सचिव पदको लागि ५ जनाको उम्मेदवारी परेको थियो । प्रेम लो तामाङ, बुद्ध लामा र अमिर मोक्तानलाई हराउदै २ जना बिजय हुनु भएको हो ।
कोषाध्यक्षमा रमेश तामाङ र सहकोषाध्यक्षमा रुप बहादुर योन्जन निर्बिरोध हुनु भएको छ । महाधिवेसनमा ४० जिल्लाबाट १९४ प्रतिनिधिको सहभागिता रहेको थियो । महाधिवेसनको २४ गते युबा तथा खेलकुद मन्त्रि हित बहादुर तामाङले उद्घाटन गुर्न भएको भियो ।  

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika