धादिङबेसी बैशाख ३१ गते
धादिङ र गोरखाको सिमानामा पर्ने पर्यटकीय नगरी सल्यानटार गाउँ विकास समिति वडा नं. ८ विसालनगर आरुघाटमा हिजो सभिक डेभलपमेन्ट बैङ्कले आफ्नो दास्रो शाखा विस्तार गरेको छ । धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको बैङ्कले यसअघि जिल्लाको बैरेनी गाउँ विकास समितिमा पहिलो शाखा स्थापना गरेको थियो ।
बैङ्कका व्यवस्थापन समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठले हिजो एक कार्यक्रमका बीच बैङ्क उद्घाटन गर्नुभएको हो । ३५ जना शेयर सदस्य रहेको बैङ्को विशालनगर शाखाको शेयर पुँजी ६ करोड ४० लाख रहेको छ । बैङ्ले ४ करोड ३० लाख कर्जा लगानी गरेको छ । कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिने उद्देश्यले स्थापना भएको शाखाको उद्घाटन कार्यक्रममा ५ सय जनाले खाता खोलेका थिए । सो अवसरमा खाता खोल्ने सम्पूर्णलाई एक खाता एक छाता कार्यक्रम अन्तर्गत छाता वितरण गरिएको थियो ।
No comments:
Post a Comment