“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, May 14, 2011

माओवादीको कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङबेसी जेष्ठ १ गते/  एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं धादिङ क्षेत्र नं. १ का सभासद पुष्पविक्रम मल्लले पार्टी यतिखेर शान्ति र संविधानलाई मुख्य केन्द्र विन्दु बनाएर अघि बढेको बताउनु भएको छ । धादिङको सेम्जोङमा हिजो गाविस स्तरीय कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै मल्लले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मल्ले आवश्यक पर्दा विद्रोहको लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्नुभयो । माओवादी किराञ्चोकका इञ्चार्ज प्रेमबहादुर तामाङको सभापतित्व रहेको कार्यक्रममा माओवादी ताम्सालीङ राज्य समिति सदस्य हिरानाथ खतिवडाको विशेष आतिथ्य रहेको थियो । पार्टी कार्यकर्ता र स्थानीय शुभचिन्तकहरुको उपस्थिति रहेको भेलामा सहभागिलाई समसामयीक राजनीतिक अवस्थाको बारेमा प्रशिक्षण दिइएको थियो ।
त्यसैगरी माओवादी धुषाको भेला सम्पन्न
एकीकृत नेकपा माओवादीले हिजो एक कार्यक्रमको आयोजना गरी धुषा ७ स्यादुलमा पार्टीको वडा कमिटि गठन गरेको छ । माओवादी धादिङका १३ नं. इलाका ईञ्चार्ज मोहन कोइरालाको प्रमुख आतिथ्य र धुषा गाउँ पार्टी सदस्य टिका थपलिया आतिथ्यमा भएको कार्यक्रमबाट दुर्गाबहादुर सुर्खेती इञ्चार्ज रहने गरी वडा कमिटि गठन गरिएको हो । नव गठित १५ सदस्यीय वडा कमिटिको सह–इञ्चार्जमा मोतीबहादुर चेपाङ र विनोदकुमार सिलवाल, सचिवमा बुद्धिराज सिलावाल र सह–सचिवमा ठाकुरप्रसाद सिलवाल चयन हुनुभएको छ ।
यसैगरी कार्यक्रमबाट रामबहादुर सुर्खेतीको अध्यक्षतामा योङ्ग कम्युनिष्ठ लिगको वडा कमिटि पनि गठन गरिएको छ । नव गठित १९ सदस्यीय कमिटिको उपाध्यक्षमा रेशम विक, सचिव दिनेश उपाध्याय, सह–सचिव शन्तोष घले र कोषाध्यक्षमा मेखराज सुर्खेती रहनुभएको छ । कार्यक्रम वाइसीएल धुषाका अध्यक्ष झलकप्रसाद सिलवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika