धादिङ जेष्ठ १ गते / जिल्लको कुम्पुर गाउँ विकास समिति वडा नं. ८ सुकौरामा पहिलो पटक गाडि पुगेको छ । गाउँमा पहिलो पटक पुगेको बा २ ख ४२३५ नं. को गाडिलाई स्थानीय बासीन्दाले भव्य स्वागत गरेका छन् । कालीदह–टावर सडक खण्ड अन्तर्गत पर्ने सुकौरामा गाडि पुगेको खुसियालीमा स्थानीय बासीन्दाले नाचगान सहित गाडी र चालकलाई स्वागत गरेका हुन् ।
गत वर्ष निर्माण सम्पन्न भएको बाटो पुनः मर्मत भएपछि गाउँमा मोटर पुगेको हो । सडक खण्डको मर्मतको लागि डोजरको माध्यमबाट काम भइरहेको सडक अनुगमन समिति सदस्य कृष्णबहादुर गुरुङले बताउनुभयो । धादिङ क्षेत्र नं. २ का सभासद कल्पना धमलाले उपलव्ध गराउनु भएको २ लाख र कुम्पुर गाउँ विकास समितिको ५० हजार लागतमा सडकको निर्माण सम्पन्न भएको थियो । स्थानीय दयालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सडक निर्माण समिति गठन गरी सडक निर्माण गरिएको हो ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago

No comments:
Post a Comment