धादिङबेसी जेष्ठ १ गते / धादिङमा नेपालकै पहिलो ‘नेपाल इञ्जिनियरीङ तथा प्रविधि विश्वविद्यालय’ स्थापना गर्ने गरी प्रक्रिया सुरु भएको छ । जिल्लाको बैरेनी गाउँ विकास समिति वडा नं. ७ मासटारमा रहने गरी विश्व विद्यालय स्थापन गर्न लागिएको हो । कम्प्युटर, इलेक्ट्रोनिक्स, सिभिल लगायत सम्पूर्ण इञ्जिनियरीङ कक्षाहरु र प्राविधिक कक्षाहरु सञ्चालन हुने विश्व विद्यालय स्थापनाको लागि शिक्षा मन्त्री गंगालाल तुलाधरले आज औपचारीक रुपमा तोक लगाउनु भएको छ ।
विश्व विद्यालय स्थापनाकोलागि शिव अधिकारीको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ । विश्व विद्यालय स्थापनाको लागि स्थानीय राजनीतिक दलहरुसंगको सहमतिमा २२४ रोपनी ४ आना ३ पैसा जग्गा छुट्टाइएको तदर्थ समितिका अध्यक्ष शिव अधिकारीले बताउनु भयो । प्राविधिक शिक्षामा सरकारले ध्यान नदिएको भनेर सकारको आलोचना भइरहेको समयमा इञ्जिनियरीङ विश्व विद्यालय स्थापनाको पहल सुरु हुनुलाई महत्वका साथ हेरिएको छ । नेपालमै पहिलो पटक स्थापना हुन लागेको इञ्जिनियरीङ तथा प्रविधि विश्व विद्यालयले प्राविधिक शिक्षा चाहने देशभरका युवाहरुलाई समेट्न सक्ने जानकारहरु बताउँछन् ।
यस प्रकारको विश्व विद्यालय धादिङमा निर्माण हुनु धादिबासीकोलागि खुसीको खवर भएको विश्व विद्यालय निर्माण तदर्थ समितिका अध्यक्ष अधिकारीको भनाई छ । विश्व विद्यालय निर्माणको लागत भने थप अध्ययन पछि मात्र तय हुने उहाँले बताउनु भयो । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको विश्व विद्यालय आगामी २ वर्ष भित्रमा निर्माण भइसक्ने विश्वविद्यालय निर्माण तदर्थ समितिका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment