“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, May 16, 2011

७२ जिल्लामा प्रेस युनियनको हस्ताक्षर अभियान

धादिङबेसी जेष्ठ २ गते  /  शान्ति र संविधानको माग गर्दै नेपाल पे्रस युनियनले आजबाट मुलुकभर हस्ताक्षर अभियान सुरु गरेको छ । आज मनाङ्ग, मुस्ताङ्ग र हुम्ला वाहेक देशका ७२ जिल्ला सदरमुकाममा अभियान सुरु भएको युनियनले जनाएको छ । प्रेस युनियनकको राष्ट्रिय कार्यक्रम अन्तर्गत आजदेखि धादिङबेसीमा पनि हस्ताक्षर संकलन अभियान सुरु भएको छ । धादिङबेसी बीचवजार स्थित लोकतान्त्रिक चोकमा अजबाट सुरु भएको हस्ताक्षर अभियान आगामी ९ गतेसम्म जारी रहने प्रेस युनियन धादिङका अध्यक्ष मुरारी अधिकारीले बताउनु भयो । संकलित हस्ताक्षर आगामी १० गते संबिधान  सभाका अध्यक्ष सुबास चन्द्र नेबाङ्गलाई बुभाउने उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika