“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, May 18, 2011

काँग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

मनिस दुवाडी
धादिङबेसी जेष्ठ /  नेपाली कांग्रेसको शान्ति र लोकतान्त्रीक संविधानका लागि जनदबाब सृजना गर्ने लोकजागरण अभियान अन्तर्गत आगामी जेठ ६ गते काठमाण्डौमा हुने विशाल आमसभाको तयारीका लागि नेपाली कांग्रसका केन्द्रिय सदस्य डाक्टर शसांक कोइराला सहित ४ जना केन्द्रिय सदस्यहरुको उपस्थितिमा आज धादिङवेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै नेता कोइरालाले बामपन्थि ध्रुविकरण, शान्ति सम्झौता विपरितको सात बुँदे सहमति, लोकतान्त्रीक मुल्यमान्यता माथिको प्रहार लाई परास्त गर्न नेपाली कांग्रेसले लोकजागरण अभियान सञ्चालन गरेकाले धादिङबाट बृहत सहभागिता गराउन आग्रह गर्नुभएको छ । सो कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्यहरु भिष्म आङ्दम्बे, मिन विश्वकर्मा, जिवन परियार लगायत कांग्रेस  नेताहरुले लोकजागरण अभियान र बर्तमान राजनितीमा नेपाली कांग्रेसको भूमिकाका बारेमा धादिङका नेता कार्यकर्ताहरुलाई जानकारी गराउनुभएको थियो । आगामी ६ गतेको काठमाण्डौको आमसभामा धादिङबाट १० हजार कार्यकर्ता काठमाण्डौ उतार्ने तयारी  भएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika