“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, May 18, 2011

अर्गानीक खेती उत्पादन सचेतना तथा जागरण कार्यक्रम सम्पन्न ।

धादिङ, धुषा जेष्ठ ४ गते / श्री कृषक सुधार फलफूल तथा सहकारी संस्था लिमिटेड धुषा –१ चरौदी धादिङको आयोजनामा  अर्गानीक (प्राङ्गारीक) खेती उत्पादन सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय विकास अधिकारी शंकार नेपालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा जिल्ला कृषि कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकारी महेनद्रमान श्रेष्ठ, पत्रकार महासंघ धादिङका कोषध्यक्ष नारायण सिलवाल, लगायत को आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि शंकर नेपालले नमुना स्वरुप अर्गानिक खेती तर्फ लागेका धुसाका किसानहरुलाई जिल्ला विकास समिति धादिङले कसतो सहयो गर्नु पर्छ । माग भैइ आएका सहयोग गर्ने बताउनुभएको थियो ।
अबको २ वर्ष मा धुषा गाउँ विकास समितिलाई अर्गानीक खेती को नमुना गाविस बनाउने लक्ष्य राखेको कृषक सुधार फलफूल तथा सहकारीले  रासायनिक मल र विषदीका कारण माटोको अम्लीयपन बढ्दै गएपछि धुषका जनता अर्गानीक खेती तर्फ आकर्षित गराएको हो । कार्यक्रममा सहकारीले मुत्र संकलनका लागि धुषा गाविसमा अर्गानिक खेती गर्ने १०० जना किसानलाई २०० लिटरको हिल ट्याङ्क र एकबोरा सिमेन्ट समेत विटरण गरेको थियो । उक्त कार्यक्रमका सभापति तथा सहकारीका अध्यक्ष हेमनाथ थपलियाले रासायनीक विषादि बाट हुने माविय तथा वातावरणीय क्षेति तर्फ जनचेतना मुलक कार्यक्रमलाई सरोकार वालाहरुले अगाडी बढाउनु पर्ने बताउनुभको थियो  ।


No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika