“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, May 20, 2011

के हो चुलाचुली घटना ? किन केहि संचार माध्यम जनमुक्ति सेनालाई बदनाम गराउन लागी परि रहेका छन् ?

जेष्ठ ७  गते /  चुलाचुली घटनाको यथार्थता बाहिर नल्याई केहि संचार माध्यमले जनमुक्ति सेनालाई बदनाम गराउन खोजेको भन्दै जनमुक्ति सेनाले हिजो  निकालेको विज्ञप्ती जस्ताको तस्तैः–  
  के हो चुलाचुली घटनाको यथार्थता 
हाम्रो गौरवशाली संगठन जनमुक्ति सेना नेपाल प्रथम डिभिजनसंग सम्वन्धित घटना सम्वन्धमा आम सर्वसाधारण , पत्रकार ,बुद्धिजिवि र मानव अधिकारकर्मि समक्ष यथार्थ जानकारीको लागि यो विज्ञप्ती जारी गरिएको छ ।
मिति २०६८।१।३० बेलुकाको कुरा हो, जनमुक्ति सेना नेपाल १ नं. डिभिजन चुलाचुलीका २ सिपाहीहरु नवराज खत्री (अमर) र खेम तामाङ्ग (चट्टान) घण्टे आउट पास लिएर आफ्नो साथीको बहिनीको विहे भोजमा चुलाचुली वडा नं. १ पुगे । विवाहामा १५० भन्दा बढि जनता सहभागी थिए । विवाहस्थलमा आफ्ना साथीहरुसँग हाँस खेल गर्ने, गीत गाउने, नाँच्ने गरिरहेका थिए । उक्त बेला छिमेकी टोलबाट आएका युवाहरु (धुव्र लावती, हरि कुमार फागो, रोशन फागो, जने तुम्बापो, बादले राई, बुद्धे फागो, आसुके फागो, मपे लिम्बु, अनुपम थाम्शुहाङ र नयन फागो) को समूहले नाचेको बेला केटीलाई जिस्क्यायो भन्ने निहुँ बनाई जनसेनाको अमर खत्री र चट्टानलाई अचेत हुने गरी चुटे । अमरलाई अचेत अवस्थामै कब्जामा लिए र बन समितिको कार्यालयमा घिसार्दै पु¥याए । खेम तामाङ्ग भने घाइते भई रगताम्य अवस्थामा भाग्न सफल भए अमरलाई बचाउन आफ्ना मिल्ने साथीहरुलाई उद्धारको लागि बोलाए । घण्टे आउटमा नै रहेका ७ जना पि.एल.ए. सदस्यहरु अमरलाई खोज्न भनी विवाहस्थल पुगे । उनीहरुको धुव्र लावतीको टिमसँग भेट भयो । उनीहरुले हामी हाम्रो साथी अमरलाई लिन आएका उनी कहाँ छन ? भन्दा धुव्र लावतिको टिमले पुनः निर्घातसँग पिटे । गौरव राई वेहोस भए । अन्य सवैको चिर्पट, लाठी, खुकुरीले टाउकोमा प्रहार गरियो । वेहोस गौरव वाहेकका अन्य भाग्न सफल भए । क्याम्पमा आइपुगेका घाइतेहरुमध्ये ५ जनाको टाउकोमा र २ जनाको शरीर , हात–खुट्टामा चोट पटक लागेको थियो । अमर खत्रीलाई बन समितिका व्यक्तिले राति एक बजे बन कार्यालयबाट क्याम्पमा पठाइदिए । होसमा आए पछि गौरव राई पनि भागेर राती १ बजे क्याम्पमा नै आइपुगे । १६ टाका सम्म घाइतेको घाउमा सिलाई गरिएको छ । घाइतेहरु ३ जना क्याम्पमा र ४ जना प्राथमिक उपचार पछि वाहिर हस्पिटलमा उपचार गराईरहेका छन् ।
३० गतेको घटनाको कारण के थियो ?
जनमुक्ति सेनाको क्यापको वरिपरि कच्ची बाटो मर्मत र ग्रयाबलिङ्ग भईरहेको छ । उक्त कार्यको ठेक्का पार्ने ठेकदारसँग धुव्र लावतीको समूले ५% रकम दिने भए दे नत्र काम रोक भने । ठेकदार कार्कीले ५% रकम मागेको, बाटोमा राखिएको केही हेम पाईप फुटाइएको, केही चोरी गरिएको र मार्ने धम्की आएकोले काम गर्न नसकिने भनि लखित निवेदन पि.एल.ए. क्याम्पमा गरे । धुव्र लावतीको समूहले क्याम्प नजिकको सामुदायिक जंगलबाट चोरी गरेर ल्याएको काठ पटक पटक जनमुक्ति सेनाले बन कार्यालयमा खवर गरि काठ बरामद गराएको थियो । जनमुक्ति सेनाको कारण धुव्रको समुहले बाटो निर्माणको ५% कमिशन पनि खान नपाउने र काठ पनि तस्करी गर्न नपाउने भए । पछि त्यही रिसले लावतीको समुह जनमुक्ति सेना प्रति आक्रोसित भई विहेमा गएका जनमुक्ति सेनाका सदस्यहरुलाई आक्रमण गरेको थियो ।
जेष्ठ २ गतेको घटना कसरी घट्यो ?
वैशाख ३१ गतेको दिन घाइतेहरुको उपचार गर्ने क्रममा वित्यो । जेष्ठ १ गते घाइतेहरुबाट इलाम जिल्ला चुलाचुली गा.वि.स. पेल्टीमारी प्रहरी चौकीमा आक्रमण गर्ने धुव्र लावती लगायतको टोलीलाई किटानी जाहेरी गरिएको थियो । जेष्ठ २ गते ३ बजे दमक इ.प्र.का.मा. कुट्ने समूह, घाइतेहरु, पि.एल.ए. प्रतिनिधि, गाउँले र प्रहरीहरु बसी समस्या हल गर्नेे भन्ने सहमति प्रहरी र जनमुक्ति सेनाको कार्यालय विच १ गते नै भएको थियो । तर स्थानीय प्रहरीको डवल रोल र उदासिनताको कारण छलफल हुन सकेन । फोनबाट जनमुक्ति सेनाको चुलाचुली कार्यालयले पहल गर्दा गर्दै पनि स्थानीय प्रहरीले निस्किृयता देखाउँदा पूनः दोस्रो घटना घट्यो । जेष्ठ २ गते सम्म आउँदा घाइते जनमुक्ति सेनाहरुले दिएको जाहेरी प्रति वेवास्ता र धुव्र लावती समूहको आक्रमण पछि पनि फोनबाट घाइतेहरुलाई ‘सक्छौं भने लड्न आउँ’ भनी उत्तेजित पार्ने गरेकाले नै जेष्ठ २ गतेको बेल्की केही घण्टे आउट पासमा रहेका र अन्य केही जनमुक्ति सेनाको टोली धुव्र लावतीको समूहसँग लड्न पुगे । मूख्य नाइके लावती नभेटेपछि उ सँगै रहेर ३० गते आफ्ना साथीहरुलाई चुट्ने केही केटाहरुलाई कुटे । त्यो सँगै केही अन्यलाई पनि कुटपिट गर्ने काम गरे । जेष्ठ २ गतेको घटना प्रति हाम्रो डिभिजन दुःखित छ । धुव्र लावती लगायत ५ जनालाई प्राथमिक उपचारको लागि उहाँहरुका परिवार, श्रीमति, आमा, बुवा र दाईहरुलाई भनी उपचार गर्न क्याम्प भित्र ल्याइयो । उनको उपचार गर्दा गर्दै पनि धुव्र लावतिबाट फोन गराई रहेको थियो । सामान्य घाइते भएकोले उनीहरुलाई प्रथामिक उपचार पछि ३ गते पत्रकार, घर परिवारको साथमा घरमा पठाइएको थियो । तर अपहरण गरी भित्र लगेर निर्घात पिटीयो भनेर लभधकद्दद्ध, ब्ख्लभधक टेलिभिजन लगायतबाट गलत हल्ला मच्चाइयो । उपचारमा ल्याइएका ५ जनाले मिडियालाई दिएको यथार्थ कुरालाई मिडियाले लुकायो । घटनामा पर्दै नपरेका व्यक्तिहरुलाई स्थानीयवासिका नाममा उभ्याएर हुँदै नभएको कुरा– सुन लुटेको, हतियारको कुन्जाले हानेको भनी अफवाह मच्चाइयो । ३० गते राती ठेकदारसँग पैसा उठाएर खाने धुव्र लावतीको समूहले पि.एल.ए. सदस्यहरुलाई गरेको आक्रमण बारे मिडियाहरुले लुकाए । यस प्रति पि.एल.ए. १ नं. डिभिजन दुःख व्यक्त गर्दछ ।
संचार क्षेत्रले यो राष्ट्रिय संवेदनशील परिस्थितिमा कुनै पनि घटनालाई जस्ताको तस्तै जनतासामु ल्याउँदा देशले निकास पाउन सहयोग पुग्ने नत्र राष्ट्र झन संकटमा पर्ने, शान्ति प्रक्रिया र संविधान झन धाराशाही हुनेहुँदा सम्वन्धित संचारकमीलाई आफ्नो तलव र निहित स्वार्थको लागि मात्र केन्द्रीत नभई जनताको सही सूचनाको आधिकारमा सर्तक र गम्भीर हुन पनि अनुरोध गरिन्छ ।

                                                                            .................
                                                                          यम बहादुर अधिकारी ‘प्रतिक्षा’
                                                                          डिभिजन कमाण्डर
                                                                       जनमुक्ति सेना नेपाल, १ नं. डिभिजन
                                                                           

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika