“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, May 21, 2011

प्रसुती सेवाका लागि आन्तरीक व्यवस्थापन समबन्धी कार्यशाला सम्पन्न

धादिङबेसी जेष्ठ ७ प्रसुती सेवाका लागि आन्तरीक व्यवस्थापन तथा आवश्यक सरसामान खरिद गर्ने निर्णय गर्दै ३ दिनदेखि धादिङबेसीमा सञ्चालीत सम्पूर्ण प्रसुती सेवा विकासका लागि योजना तर्जुमा कार्यशाला आज सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको संयोजनामा भएको कार्यशालामा जिल्ला अस्पताल धादिङमा देखिएका बर्तमान चुनौतीहरुको विषयमा छलफल भएको थियो । सो अवसरमा तत्काल प्रसुती सेवा सञ्चालन गर्न आवश्यक भौतीक सरसामान, प्राविधिक जनशक्तिको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधिहरु सहित सरोकारवालाहरुले सरसामान सहित जनशक्तिको आवश्यक व्यवस्था गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika