“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, May 21, 2011

दुव्र्यसन विरुद्ध अभिमुखीकरण तालिम सम्पन्न

धादिङबेसी जेष्ठ ७ / दुव्र्यसनी विरुद्ध अभिमुखिकरण तथा जनचेतना मुलक एवम् पुनस्र्थापना कार्यक्रम अन्तर्गत २ दिने गोष्ठि आज बागेश्वरी उच्च माध्यमिक विद्यालय बैरेनीमा सम्पन्न भएको । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र दिगो समूह नेपालको आयोजनामा सम्पन्न गोष्ठीमा दिगो समूह नेपालका केन्द्रीय अध्यक्ष खिलनाथ लुइटेलको अध्यक्षता र नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लगुऔषध नियन्त्रण कार्यालयका प्रमुख दानबहादुर बुढाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा  स्पाइनल इञ्जुरी रिहाविकेशन अस्पतालका प्रसासकीय निर्देशक प्रकाश श्रेष्ठ र अर्जुन मेडिकल हल किराञ्चोकका प्रमुख अर्जुनप्रसाद न्यौपानेले सहजीकरण गर्नु भएको थियो । गोष्ठिमा लागुपदार्थ दुव्र्यसनी र यसका विविध पक्षको बारेमा छलफल भएको थियो ।  गोष्ठीको अन्त्यमा कार्यक्रममा सहभागी ९० जनालाई प्रमाणपत्र प्रदान गरिएको छ । यसै प्रकारको गोष्ठी यसअघि पिंडा र किराञ्चोक गाउँ विकास समितिमा समेत सम्पन्न भइसकेको छ

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika